काठमाडौं । याम्बलिङ हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गरेको हो ।
कम्पनीले आफ्नो चुक्ता पुँजी ७० करोडको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका २८ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड बराबरको १०० रुपैयाँ अंकित दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावितहरूका लागि जारी गरिएको छ । उक्त सेयरमा सिन्धुपाल्चकोकको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाका स्थानीयलाई निष्कासन गरिएको कम्पनीले जानकारी दिएको छ ।
बाँकी ३० प्रतिशत अर्थात् २१ करोड बराबरको २१ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजागारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको कम्पनिले जनाएको छ ।
कम्पनीका अनुसार यो सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले यही चैत ८ देखि चैत २२ सम्म आवेदन दिइसक्नुपर्नेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा २०८३ वैशाख ७ गतेसम्म आवेदन दिन पाइनेछ ।
त्यस्तै वैदेशिक रोजगारीमा रहेकाहरूले यो सेयरमा चैत ८ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेमा चैत २२ सम्म आवदेन दिन पाइनेछ ।
कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।