सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा रहेका क्षेत्रहरूलाई स्थानीय सरकारले प्रवर्द्धन गरेसँगै फिक्कल पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ ।
-1752239676.jpg)
महाभारत श्रृङ्खलामा पर्ने २ हजार ३ सय ८६ मिटर उचाईमा रहेको फिक्कल चुचुरो सिन्धुली जिल्लाकै सर्वोच्च शिखरको रूपमा रहेको छ । मनोरम दृश्यावलोकनका लागि हजारौँ स्थानीयलगायत विदेशी पर्यटकहरू अवलोकनको लागि पुग्ने गरेका छन् ।
-1752239675.jpg)
उक्त स्थानमा टावर निमार्ण पनि गरिएको छ । हाल उक्त टावर जाने मुख्य गाउँ चनौटेमा फिक्कल सामूदायिक होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । उक्त गाउँमा स्थानीय जातजातिको भाषाभाषी र झाँकीमा रमाउन र अर्गानिक उत्पादनको परिकारका स्वाद चाख्न पाइन्छ ।
-1752239670.jpg)
मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्डमा पर्ने फिक्कल गाउँपालिकामा धेरै सम्भावना बोकेको पर्यटनका आकर्षणका केन्द्रहरू रहेका छन् । राजधानीबाट नजिक रहेको र पूर्वी नेपालको यात्रामा हुनेहरू फिक्कल क्षेत्रमा घुम्न र रम्न रुचाउँनेहरू धेरै नै छन् ।
-1752239669.jpg)
सिन्धुली जिल्लाको पूर्वोत्तर क्षेत्रका फिक्कल चुचुरोसहित महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती क्षेत्रबाट सुन्दर हिमश्रङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ ।
-1752239667.jpg)
सुनकोशी नदिले रामेछाप, ओखलढुङ्गा र सिन्धुलीक जिल्लाको सिमाना छुट्याएको छ भने उक्त नदिमा र्याफ्टिङमा रमाउन पनि सकिन्छ ।
-1752239663.jpg)
स्थानीय मानिसहरू माछा मारेर पनि जीविको पार्जन गरी रहेका छन् । ऐतिहासिक फिक्कल चुचुरोको नामबाट नामाकरण भएको फिक्कल गाउँपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर ब्रान्डिङ र बजारीकरण गरिरहेको छ ।
-1752239662.jpg)
पर्यटनलाई फिक्कलको समृद्धिको आधारमा रूपमा अघि बढाउने लक्ष्यका साथ सडक, अस्पताल, स्कुलका भवनहरू देखि विकास पूर्वाधारको काम निरन्तर भइरहेको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको भनाइ छ ।
-1752239660.jpg)
फिक्कलको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहकै अगुवाइमा बेला बेलामा मेला महोत्सव तथा विभिन्न प्रकारका रोजगार जन्य तालिम तथा प्रशिक्षणका कार्यक्रमहरू भइरहेका छन् । यसले स्थानीय युवाहरूलाई स्वरोजगार बन्न सहयोग हुँदै आइरहेको छ ।
-1752239659.jpg)
स्थानीय तहको पर्यटन प्रवर्द्धन नीतिलाई संघ तथा प्रदेश सरकार र पर्यटनका क्षेत्रमा काम गर्ने निकायहरूले साथ दिने हो भने फिक्कलको राजधानी नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र यहाँको समृद्धिको आधारका रूपमा पर्यटनले भूमिका खेल्ने निश्चित छ ।
-1752239657.jpg)
-1752239656.jpg)
-1752239655.jpg)
-1752239655.jpg)
-1752239653.jpg)
-1752239652.jpg)
शब्द तथा तस्वीरः प्रदीपराज वन्त, वन्त राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका अध्यक्ष हुन् ।