काठमाडौं । मानिसले जीवनमा धेरैपटक सफलता र असफलताहरूको सामना गर्छ । सफलता पाए मानिस प्रगतिपथमा अघि बढ्छ भने असफलताबाट पाठ सिक्छ र आफ्नो कमजोरी सुधार्छ ।
मानिसले जीवनमा भोगेको असफलताबाट आफ्ना सीमा बुझेर अगाडि बढ्छ । यसबाहेक, असफलताले मानिसलाई धैर्यवान पनि बनाउँछ जसले सफलताको मार्गलाई केही हदसम्म सहज बनाउन सक्छ ।
तैपनि मन नकारात्मकता र दिमाग तनावले भरिन्छ । श्रीकृष्णका अनुसार, सुख र दुःख जीवनका अभिन्न अंग हुन्, जुन आउँछन् र जान्छन् । आज हामी गीतामा रहेका यस्ता केही कुराबारे जानकारी दिँदै छौँ जसले तपाईंलाई तनावबाट मुक्ति दिन सक्छ ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन
यसको अर्थ हो ‘कर्म गर, फलको चिन्ता नगर’ । यदि तपाईं यस्तो विचारका साथ आफ्ना लक्ष्यहरूका लागि प्रयास गर्नुहुन्छ भने, सफलता अवश्य मिल्छ ।
भनिन्छ कि जब अर्जुनका कदम युद्धका लागि डगमगाउन थालेका थिए, तब श्रीकृष्णले उनलाई गीताको पाठ पढाउनुभएको थियो । त्यसैबेलादेखि जीवनका कठिन समयमा गीताको अध्ययन गर्ने सल्लाह दिइन्छ ।
यसको प्रभावले व्यक्तिले मानसिक शान्तिको अनुभव गर्छ र सही निर्णय लिन सफल हुन्छ ।
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते
सङ्गात्संजायते कामः कामात्क्रोधोऽभिजायते ।
यस श्लोकको अर्थ हो कि जब हामी कुनै चीज देख्छौँ, तब त्यसलाई प्राप्त गर्ने इच्छा मनमा जाग्छ । बिस्तारै त्यस वस्तुप्रति हाम्रो लगाव हुन थाल्छ । तर जब त्यो इच्छा पूरा हुँदैन, तब मन क्रोधित पनि हुन्छ, जसको प्रभाव उचित छैन । त्यसैले व्यक्तिले सधैँ इच्छामाथि नियन्त्रण राख्नुपर्छ ।
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।
श्रीकृष्णका अनुसार कामना, क्रोध र लोभ यी तीनै नरकका द्वार हुन् । त्यसैले यिनीहरूबाट टाढा रहनुहोस् ।
श्रद्धावान्ल्लभते ज्ञानं तत्पर: संयतेन्द्रिय:
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति
गीताको यस श्लोकको अर्थ हो कि जो व्यक्तिले आफ्ना इन्द्रियहरूमा विश्वास र नियन्त्रण राख्छ, उसले आफ्नो इच्छाले ज्ञान प्राप्त गर्छ ।
क्रोधाद्भवति संमोह: संमोहात्स्मृतिविभ्रम:
स्मृतिभ्रंशाद्बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति
श्रीकृष्णका अनुसार क्रोधले व्यक्तिको मन र मस्तिष्क दुवैलाई नष्ट गर्छ, किनकि जब क्रोध आउँछ तब सबै तर्क हराउँछन् । त्यसैले समय जस्तो सुकै होस्, मनलाई शान्त राख्नुहोस् र क्रोधबाट टाढा रहनुहोस् ।
यस्तै प्रेरक प्रसंगका सामग्रीहरू पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुस् ।