काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) को दोस्रो सिजनका लागि फ्रेन्चाइजी टिमहरूले रिटेन भएका खेलाडीहरूको लिस्ट सार्वजनिक गरेका छन् ।
कुल ८ टिम रहेकोमा सबै टिमले गरी ५१ जना खेलाडी रिटेन भएका छन् । सबै टिमले मार्की खेलाडी रिटेन गरेका छन् । साविक विजेता जनकपुर बोल्ट्सबाहेक सबै टिममा मार्की खेलाडीले नै कप्तानी गरेका थिए ।
जनकपुरले भने अनिल साहलाई कप्तानीको जिम्मेवारी दिएको थियो । जनकपुरले साहलाई पनि रिटेन गरको छ ।
एनपीएलमा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टिम छन् ।
जसमा विराटनगरबाट सन्दीप लामिछाने, जनकपुरका आशिफ शेख, चितवनका कुशल मल्ल, काठमाडौंका करण केसी, पोखराका कुशल भुर्तेल, लुम्बिनीका रोहित पौडेल, कर्णालीका सोमपाल कामी र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।
आठवटै टिमले पहिलो सिजनमा विदेशी खेलाडीलाई पनि सहभागी गराएका थिए । तर, अहिलेसम्म सार्वजनिक भएको लिस्टमा भने विदेशी खेलाडीको नाम समावेश छैन । नेपाली खेलाडीहरू मात्र रिटेन भएका छन् ।
हेर्नुस् लिस्ट, कुन टिमले कस-कसलाई गर्यो रिटेन ?
विराटनगर किङ्स |
जनकपुर बोल्ट्स |
चितवन राइनोज |
काठमाडौं गुर्खाज |
पोखरा एभेन्जर्स |
लुम्बिनी लायन्स |
कर्णाली याक्स |
सुदूरपश्चिम रोयल्स |
सन्दीप लामिछाने |
आशिफ शेख |
कुशल मल्ल |
करण केसी |
कुशल भुर्तेल |
रोहित कुमार पौडेल |
सोमपाल कामी |
दीपेन्द्रसिंह ऐरी |
नरेन भट्ट |
अनिल साह |
रिजन ढकाल |
शाहब आलम |
दिनेश खरेल |
विवेक यादव |
गुलशन झा |
विनोद भण्डारी |
लोकेश बम |
ललितनारायण राजवंशी |
कमलसिंह ऐरी |
प्रतीक श्रेष्ठ |
सागर ढकाल |
सन्दीप जोरा |
विपिन प्रसाद शर्मा |
आरिफ शेख |
बसिर अहमद |
शुभ कंशाकार |
दीपक बोहरा |
राशिद खान |
किरण ठगुन्ना |
दिनेश अधिकारी |
अर्जुन घर्ती |
अविनास बोहरा |
प्रतीश जिसी |
तुलबहादुर थापा |
अमरसिंह रौतेला |
दिपेश कंडेल |
आकाश चन्द |
तिलकराज भण्डारी |
दिपेन्द्र रावत |
इशान पाण्डे |
सुवाश भण्डारी |
किशोर महतो |
गौतम केसी |
भीम सार्की |
विपिन खत्री |
अभिषेष गौतम |
नन्दन यादव |
नरेन साउद |
|
रुपेश सिंह |
|
|
तृतराज दास |
|
युनिश विक्रम सिंह |
|
विराटनगर किङ्स
विराटनगर किङ्सले मार्की खेलाडी तथा कप्तान सन्दीप लामिछानेसहित ६ जना खेलाडीलाई दोस्रो सिजनका लागि रिटेन गरेको छ ।
त्यस्तै नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतीश जिसी र सुवास भण्डारीलाई पनि दोस्रो सिजन विराटनगर किङ्सबाटै एनपीएल खेल्ने भएका छन् ।
जनकपुर बोल्ट्स
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि ७ जना खेलडी रिटेन गरेको छ ।
बोल्ट्सले कप्तान अनिल साह तथा मार्की खेलाडी आशिफ शेखसहित ७ जना खेलाडीलाई रिटेन गरेको हो । त्यस्तै ललितनारायण राजवंशी, शुभ कंशाकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंहलाई पनि रिटेन भएका छन् ।
चितवन राइनोज
एनपीएल फ्रेन्चाइजी चितवन राइनोजले पनि मार्की खेलाडी तथा कप्तान कुशल मल्लसहित ६ जनालाई रिटेन गरेको छ ।
एनपीएलको पहिलो सिजनमा चितवनले राम्रो प्रदर्शन गरे पनि उपाधि चुम्न भने सकेको थिएन । एनपीएल सिजन १ मा चितवन प्लेअफसम्म पुगेको थियो ।
एनपीएलको दोस्रो सिजनका लागि चितवनले मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौतेला र गौतम केसीलाई रिटेन गरेको छ ।
लुम्बिनी लायन्स
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी तथा कप्तान रहेको लुम्बिनी लायन्सले एनपीएलको पहिलो सिजनमा अपेक्षाकृत प्रदर्शन गर्न सकेको थिएन ।
लुम्बिनीले दोस्रो सिजनका लागि मार्की खेलाडी तथा कप्तान रोहित पौडेलसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ । पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमले दोस्रो सिजन पनि लुम्बिनीबाटै खेल्ने भएका छन् ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्ले गत वर्ष अपेक्षाकृत प्रदर्शन गर्न सकेन । जसका कारण यो टोलीले प्लेअफमा स्थान बनाउन सकेको थिएन ।
यस वर्ष पोखराले मार्की तथा कप्तान कुशल भुर्तेलसहित सात जना खेलाडीलाई रिटेन गरेको छ । भुर्तेलसहित दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द, विपिन खत्री र तृतराज दासले पोखराबाटै दोस्रो सिजन पनि खेल्ने भएका छन् ।
काठमाडौं गुर्खाज
एनपीएलको पहिलो सिजनमा यो टोलीले लिग चरणमा ७ मध्ये ४ खेलमा जित निकाले पनि रनरेटमा पछि पर्दा प्लेअफसम्म पुग्नबाट चुकेको थियो । एनपीएलको पहिलो सिजनमा कर्णाली याक्ससँग रनरेटमा पछि पर्दा काठमाडौंले प्लेअफ खेल्न पाएको थिएन ।
करण केसी मार्की खेलाडी र कप्तान रहेको काठमाडौंले पनि दोस्रो सिजनका लागि केसीसहित ६ जनालाई रिटेन गरेको छ । रिटेन हुने अन्य खेलाडीहरूमा शाहब आलम, प्रतीक श्रेष्ठ, राशिद खान, दिपेश कंडेल र भीम सार्की रहेका छन् ।
कर्णाली याक्स
कर्णाली याक्स एनपीएलको पहिलो सिजनको लिग चरणमा चौथो हुँदै प्लेअफमा पुगेको थियो । प्लेअफको इलिमनेटरमा चितवन राइनोजलाई पराजित गरेको यो टोली जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो ।
यसपटक कर्णालीले मार्की खेलाडी तथा कप्तान सोमपाल कामीसहित सात जना खेलाडी रिटेन गरेको छ । सोमपालसहित गुलशन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत, नन्दन यादव र युनिस विक्रम सिंहले एनपीएलको दोस्रो सिजन पनि कर्णालीबाटै खेल्ने भएका छन् ।
सुदूरपश्चिम रोयल्स
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्स निकै बलियो टोली रहेको थियो । एनपीएल अवधिभर यो टोलीको दबदबा रह्यो । तर, फाइनलमा जनकपुर बोल्ट्सँग पराजित भएसँगै यो टोली उपविजेतामा सीमित रह्यो ।
सुदूरपश्चिमले कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसहित ६ जना खेलाडीलाई रिटेन गरेको छ । ऐरिसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदले दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।