काठमाडौं । हामीले दैनिकजसो केही न केही सपना देखिरहेका हुन्छौँ । अनि ब्युँझेपछि त्यसको बारेमा सोच्छौ ।
कतिपयलाई सपनाको कुरा विश्वास लाग्ला त कतिलाई नलाग्ला तर धर्मशास्त्रहरूले सपनालाई महत्त्वपूर्ण रूपमा व्याख्या गरेका छन् । सपना किन देखिन्छ भन्ने बारेमा बिभिन्न धारणाहरू पनि पाइन्छ ।
दैविक वा शुभ सपनाले काम सिद्ध हुने संकेत गर्छन् । अशुभ सपनाले काम विगार्ने हुन्छ भने मिश्रित सपनाले मिश्रित नै फल दिन्छन् ।
स्वप्नशास्त्रका अनुसार रातको पहिलो प्रहरमा देखिउको सपनाको फल १ वर्षभित्र मिल्न सक्छ । दोश्रो प्रहरमा देखिएको सपना ६ महिनामा र तेश्रो प्रहरमा देखिएको सपनाको फल ३ महिनामै मिल्छ । चौथो प्रहर अर्थात विहानपख देखिएको सपनाको फल भने तत्काल मिल्ने हुन्छ ।
शास्त्र भन्छः खराव सपना देखे पनि बिहान उठेर अरुलाई भन्दा त्यसको फल नाश हुन्छ । विहान उठेर भगवान शिवको नाम जप्दा पनि अशुभ सपनाको फल नाश हुने विश्वास छ ।
कुन सपना देखे कस्तो फल ?
- नदीः सौभाग्य वृद्धि
- रक्सिः धार्मिक कार्य हुने
- नाच/गानः अशुभ समाचार प्राप्ति
- गाइ देख्दाः भौतिक सुख हुने
- टोपी देख्दाः मान सम्मान वृद्धि
- पुजा गरेको देखेमाः योजना सफल
- बहीनीलाई देख्नुः परिवारमा प्रेम
- भाइलाई देख्नुः नयाँ साथी बन्छन्
- मागेको देख्नुः धन हानी
- मह देख्नुः जीवन सहज बन्छ
- पैसा देखियो भनेः धन लाभ
- आफ्नै मृत्यु देख्नुः खराव रोगबाट मुक्ति
- रुद्राक्ष देखियो भनेः शुभ समाचार मिल्छ
- पति वा पत्नि देख्दाः दाम्पत्य प्रेम बढ्छ
- स्वस्तिक चिन्हः धन लाभ हुन्छ
- हथकडी देख्नुः भविष्यमा संकट
- परेवा देखियो भनेः रोगबाट मुक्ति
- सर्फ देख्नुः ब्यापारमा घाटा
- काग देख्नुः खराव सूचना
- माउसुली देखियो भनेः घरमा चोरी
- खाना देखियो भनेः धन हानी हुन्छ
थप केही जानकारीः
जो व्यक्ति सपनामा मोती, गंगा, हार, मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।
बिहिबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।
यदी सपनामा तपाईंले लेनदेनको समयमा हातबाट पैसा खसेको सपना देख्नु भयो भने तपाईलाई धन प्राप्त हुन सक्छ ।
कहीँ जाँदै गरेको अवस्थामा यदि बाटोमा सुन्दर महिला या कन्या देखियो भने त्यसलाई धनप्राप्तीको संकेत मान्न सकिन्छ ।
दीपावलीको दिन यदी कोही सुन्दरी साज–सज्जाका साथ देखिइन् भने तपाईंलाई पनि धन प्राप्त हुने संकेत हुन सक्छ ।
यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ ।
बिहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।
यदी सपनामा आफैँले धोती लगाएर कपडामा बटन लगाएको देख्नु भयो भने धनका साथ सम्मान पनि मिल्छ भनिएको छ । यदी कसैलाई चेक काटेर दिएको सपना देख्नु भयो भने त्यसैका आधारमा धन प्राप्त हुनुका साथै व्यापार व्यावसायमा बृद्धि हुन्छ ।
सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।
यदि कसैले सपनामा दियो बालेको या कसैलाई पैसा सापटी दिएको देख्यो भने उसलाई अनपेक्षित रुपमा धनप्राप्ति हुन सक्छ ।
यदी सपनामा कसैलाई गर्धन चिलायो भने पनि धन लाभ हुने सम्भावना हुन्छ । साथै बोटमा पाकेको सुन्तला या खेतमा पाकेको गहुँ देख्यो भने उसलाई छिट्टै धन प्राप्ति हुने सम्भावना हुन्छ ।
यदि कोही सपनामा टाउको कन्याउँदै गरेको देखियो भने त्यसकै कारण पैसा मिल्न सक्छ । यदी आँखा कन्याउँदै गरेको देखे भने पनि पैसा मिल्न सक्छ । सपनामा गाडेको धन देखियो भने पनि सम्पत्ति वृद्धि हुन सक्छ ।
जो व्यक्ति सपनामा फलफूल खाएको देख्छ उसले धन लाभ हुने योग बन्छ । सपनामा धुम्रपान गर्छ, उसलाई पनि धन प्राप्ति हुन सक्छ । सपनामा जसको दाहिने हातमा सेतो रँगको सर्पले टोक्छ उसलाई धेरै धन प्राप्ति हुन सक्छ ।
जो व्यक्तिले सपनामा पिशाब, वीर्य, दिशा या भमिट गरेको चिज देखे या खाएको देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने संयोग मिल्छ । साथै आफ्नो प्रेमी प्रेमिका सँग सम्बन्ध विच्छेद गरेको सपना देख्यो भने पनि त्यसको आधारमा धनप्राप्ति हुन सक्छ ।
शुक्रबारका दिन केशरी रँगको गाई देखियो वा दर्शन गर्ने मौका पाइयो भने धनप्राप्ति हुन सक्छ ।
यदि कोही यात्री घर फर्कि रहेको हुन्छ र बायाँ तिर रोकियो भने उसलाई थोरै समयका लागि धनप्राप्त हुन सक्छ । यदि कुनै व्यक्तिले कुनै गाउँ वा नगरमा प्रवेश गर्ने समयमा दायाँ तर्फ सुँगुर देखियो भने उसलाई धन प्राप्त हुन सक्छ ।
सपनामा हरियो फुलबारी तथा अनार र उँट देखियो भने धन प्राप्ती हुने योग बन्छ ।
यदी कोही मानिसले सपनामा आफूलाई कानुनी मुद्दा लागेको र त्यसमा उ निर्दोष सावित भई छुटेको देख्यो भने पनि नसोचेको धन प्राप्त हुन सक्छ ।
जब कुकुरले अचानक जमीनमा पटक पटक टाउको रगडेको देख्नु भयो भने त्यस्तो ठाउँमा गाडेको धन हुन सक्छ । साथै यदी कुकुरले कुनै खाद्यपदार्थ लिएर आएको देख्नु भयो भने पनि तपाईलाई धन प्राप्त हुन सक्छ ।