काठमाडौं । सिटी होटल लिमिटेडले कम्पनीको अवितरित हकप्रद शेयर शिलबन्दी बोलपत्रका माध्यमबाट लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी त्यस्तो जानकारी दिएको हो ।
कम्पनीले यसअघि १:०.८० को अनुपात अर्थात् ८० प्रतिशत हकप्रद शेयर जी गरेको थियो । त्यसमा आवेदन नपरेको शेयर लिलाम बढाबढका माध्यमबाट बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन कम्पनीले आग्रह गरेको छ । उक्त शेयर खरिद गर्न चाहनेले यही कात्तिक २३ गतर्देखि कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले संस्थापन समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता र कर्मचारीहरूतर्फको लकइनमा रहेको ६००० कित्ता शेयर लिलाम बिक्रीमा राखेको हो । यी दुवै तर्फका शेयरको लकइन अवधि २०८३ जेठ ४ गतेसम्म कायम रहने पनि सूचनामा उल्लेख छ ।
त्यस्तै सर्वसाधारण समूहतर्फको १ लाख ५४ हजार ४१९ कित्ता शेयर पनि लिलामीमा राखिएको छ । यसरी कुल २१ लाख ५० हजार ४१८ कित्ता शेयर लिलामीमा राखिएको हो ।
कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई तोकेको छ । प्रभु क्यापिटल लिमिटेड कमलादीमा बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थान तोकिएको छ । त्यस्तै प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरू विराटनगर, हेटौँडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा पनि आवेदन फारम पाइने र बुझाउने स्थान तोकिएको छ ।
कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
