काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन अर्थात् आईपीओ जारी गर्न लागेको छ ।
कम्पनीले सर्वसाधारणहरूलाई जारी गर्ने आईपीओमा यही कात्तिक १९ गतेदेखि आवेदन दिन सकिनेछ । कम्पनीको अनुसार छिटोमा कात्तिक २३ गतेसम्म र ढिलोमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर जारी गर्न लागेको हो ।
त्यसमध्ये २ प्रतिशत अर्थात २ लाख ६१ हजार ६२७ कित्त शेयर उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँट गरिसकेको छ ।
त्यस्तै ३८ प्रतिशत शाधारण शेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, ३ प्रतिशत कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि निष्कासन गरी बाँडफाट गरिसकेको छ ।
कम्पनीले त्यसपछि बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता शेयरहरू सर्वसाधारणका लागि जारी गर्न लागेको हो । कम्पनीले उक्त आईपीओमा आवेदन दिन चाहनेहरूले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीका अनुसार न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्ममा आवेदन दिन सकिनेछ ।
कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई तोकेको छ ।