काठमाडौं । एसिया कप २०२५ का लागि भारतीय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । भारतले सूर्यकुमार यादवको कप्तानीमा टिम घोषणा गरेको हो ।
भारतले घोषणा गरेको टिममा शुभमन गिललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । गिल भारतीय टेस्ट टिमका कप्तान हुन् ।
भारतीय टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान) सहित अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुवे, अक्षर पटेल, जितेश शर्मा (विकेटकिपर), जसप्रित बुमराह, अर्शदीप सिंह, वरुण चक्रवर्ती, कुलदीप यादव, सन्जु सामसन (विकेटकिपर), हर्षित राण र रिंकु सिंह रहेका छन् ।
भारतले एसिया कपका लागि घोषणा गरेको टिममा केही चर्चित नाम भने परेका छैनन् । यशस्वी जयसवाल, श्रेयस ऐय्यर, मोहम्मद समी, मोहम्मद सिराज जस्ता नाम भने समावेश भएका छैनन् ।