काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय आज सकिँदै छ । कम्पनीले साउन २८ गतेदेखि कम्पनीको प्राथमिक सर्वाजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता आईपीओ जारी गरेको हो । उक्त शेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साउन १२ गते आईपीओ निष्कासनका लागि स्वीकृति पाएको थियो ।
कम्पनीले सर्वसाधारणहरूका लागि १०० रुपैयाँ अंकित दरका १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्ने स्वीकृति पाएको छ । अहिले त्यसको १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको हो ।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सागर डिस्टिलरी उत्पादन तथा प्रशोधन समूहअन्तर्गत पर्ने कम्पनी हो । यो कम्पनीले ‘नेप्से बुल्स’, ‘रोयल ब्लु’, ‘गभर्नर’, ‘ग्रेउल्फ’ जस्ता चर्चित ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।
कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।