काठमाडौ । पछिल्लो केही वर्षयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रैथाने उत्पादन बिक्री बितरणका लागि हाटबजार लाग्ने गरेको छ ।
.jpg)
रैथाने बजारमा किसान आफैँ उत्पादन लिएर आउँछन् र उपभोक्तालाई प्रत्यक्ष बिक्री गर्छन् । रासायनिक मल र विषादीबिना उब्जाएका अन्न, तरकारी, फलफूलदेखि अचार, परिकारजस्ता प्रशोधित सामग्रीसम्म यहाँ सजिलै भेटिन्छन् । उपभोक्ताले ताजा र सुरक्षित खाना पाउँछन् भने किसानले उचित मूल्य ।
.jpg)
रैथाने कृषि बजारले लाजिम्पाटमा रहेको होटल बुकीमा शनिबार बिहान रैथाने बजार सुरु गरेको छ । केही वर्षदेखि दरबारमार्गमा संञ्चालन हुँदै आएको हाट बजार यो सातादेखि होटल बुकीमा सुरु भएको हो ।
.jpg)
रैथाने कृषि बजारका सञ्चालक गौतम पौडेलका अनुसार यस्ता बजारले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गरेको छ । उनले भने शहरबाशी उपभोक्ताले यसलाई विश्वासिलो विकल्पका रूपमा लिएका छन् । उपभोक्ताले किसानसँगै कुरा गर्न पाएका, कुन तरकारी वा खाध्य बस्तु कुन खेतमा कसरी उब्जिएको हो थाहा पाउने भएकाले यो निकै सकारात्मक भएको उनको भनाइ छ ।
.jpg)
बुकी बुटिकका व्यवस्थापक मनिष श्रेष्ठले व्यस्त जीवनशैली अपनाइरहेका उपभोक्तालाई कृषि परम्परासँग जोड्न हाट बजार सुरु गरिएको बताए । उनले भने, 'बजारबाट उपभोक्ताले दिएको सकारात्मक प्रतिक्रियाले सांस्कृतिक सम्पदा संरक्षण अभियानमा समेत सहयोग पुगेको छ ।'
.jpg)
हाट बजारमा भेटिएका वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले यस्ता बजारमा लोप हुन लागेका कृषिजन्य बस्तु भेटिँदा खुसी लागेको बताए । यस्ता बजारमा सेफहरू आउनुपर्ने उनको भनाइ छ । उनले भने, 'खाद्य सुरक्षा र आत्मनिर्भर अर्थतन्त्रको दृष्टिले पनि रैथाने कृषि बजार एक प्रभावकारी अभ्यास बन्ने संकेत देखिन थालेको छ ।'
.jpg)
कृषि हाटबजारमा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी फलफूल र तरकारी पाइन्छ । यसैगरी कृषिजन्य सामग्रीहरू फर्सीको मुन्टा, रायो साग, मह, आलु तथा अन्य सामाग्री राख्ने गरिन्छ । हाटबजारमा सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरू मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्लो, ढिकी, ओदान जस्ता सामाग्री प्रदर्शनीमा राखिएको छ ।
.jpg)
बजारमा हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउबिजन, बिरूवा, फूल र प्राङ्गारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन र बेकरी, कफी तथा चियाका स्टल समेत देख्न सकिन्छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्वीरहरूः प्रदीपराज वन्त