काठमाडौं । लिलामीमा राखिएको मंगल ग्रहको चट्टानको एक ठूलो टुक्रा बिक्री भएको छ । उक्त चट्टान हालसम्म फेला परेको मंगल ग्रहको चट्टानको टुक्रामध्ये सबभन्दा ठूलो हो ।
बुधबार सम्पन्न लिलामीमा अपेक्षा गरिएभन्दा निकै महँगोमा बिक्री भएको बताइएको छ । उक्त चट्टानको नाम एनडब्लुए १६७८८ राखिएको छ । यो चट्टानलाई उत्तर पश्चिम अफ्रिकामा फेला पारिएको थियो ।
लिलामीमा सुरुको मूल्य २ मिलियन अमेरिकी डलर तय गरिएको थियो । यसको लिलामी प्रकृयाको सुरुमा लिलामी बढाबड केही धिमा सुरु भए पनि पछि यसको मूल्य अनुमान गरिएभन्दा बढीमा बिक्री भएको थियो ।

सुरुमा यो चट्टान ४ मिलियन डलरमा बिक्री हुने अपेक्षा गरिएको थियो । तर, यो हालसम्मकै सबैभन्दा महँगो अर्थात् ४.३ मिलियन डलरमा बिक्री भएको थियो । यसमा करलगायतका अन्य शुल्कहरूसमेत थपिँदा यसको मूल्य करिब ५.३ मिलियन डलरसम्म हुने जनाइएको छ ।
यो आकारमा हालसम्मकै ठूलो हुनुका साथै हेर्नमा पनि अरुभन्दा राम्रो रहेको छ । यसको तौल २४.५ किलोग्राम अर्थात् (५४ पाउण्ड) रहेको छ ।
उक्त उल्कापिण्ड (चट्टान) को नाम एनडब्लूए १६७८८८ (NWA 16788) हो । एनडब्लूए भनेको नर्थ वेस्ट अफ्रिका हो । लिलामीकर्ता सोथबिजले दिएको जानकारीअनुसार सामान्यतया मंगल ग्रहका उल्कापिण्डहरू साना साना टुक्राका रूपमा मात्र पाइन्छन् । तर यो एनडब्लूए भने ठूलो छ । यसको तौल २४.५ किलोग्राम अर्थात् ५४ किलोग्राम छ ।
सामान्यतया पृथ्वीसम्म आइपुग्नुअघि नै यस्ता टुक्राहरू नष्ट भइसक्छन् । तर केही भने पृथ्वीसम्म आइपुग्छन् । एनडब्लूए त्यसैमध्येको एक हो ।

खासमा यो सन् २०२३ मा नाइजेरियामा फेला परेको थियो । नाइजेरियाको दुर्गम अगाडेज क्षेत्रमा पत्ता लागेको यो चट्टान मंगल ग्रहको हालसम्म पत्ता लागेको अर्को सबैभन्दा ठूलो टुक्राभन्दा करिब ७० प्रतिशत ठूलो छ ।
पृथ्वीमा हालसम्म करिब ४०० वटा मंगल ग्रहका चट्टानहरू फेला परेको अनुमान छ । त्यसमध्ये यो सबैभन्दा ठूलो भएकाले यसलाई दुर्लभ उल्कापिण्डको रूपमा हेरिएको छ ।
सोथबिजले जारी गरेको विज्ञप्तिमा क्यासान्ड्रा ह्याटनले यो असाधारण महत्त्वको खोज र मूल्यवान उल्कापिण्ड भनेकी छन् । उनले भनेकी छन्- यो यसप्रकारको सबैभन्दा मूल्यवान चट्टान हो । यो हालसम्म पृथ्वीमा फेला परेको मंगल ग्रहको सबैभन्दा ठूलो उल्कापिण्ड हो । र एनडब्लूए १६७८८ असाधारण महत्त्वको खोज हो ।