काठमाडौं । भारतमा एक फिल्म सुसुटिङका क्रममा स्टन्ट गर्दा एक जना कलाकारको सुटिङ सेटमै मृत्यु भएको छ ।
दक्षिण भारतीय चलचित्र उद्योगका प्रख्यात स्टन्टम्यानको सुटिकङकै क्रममा मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
भारतीय मिडिया जागरणले लेखेको छ- सुपरस्टार आर्याको आउँदै गरेको चलचित्र वेट्टवमको सुटिङका क्रममा एक ठूलो दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी स्टन्टम्यान एसएम राजुको मृत्यु भएको हो । वेट्टवमका निर्माता तथा दक्षिण भारतीय सिनेमाका लोकप्रीय कलाकार विशालले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।
आइतबार बिहान तमिलनाडुको नागपट्टिनममा आर्या तथा निर्देशक पा. रञ्जितको आगामी चलचित्र वेट्टवमको सुटिङ भइरहेको थियो ।
जसमा कारको स्टन्ट गर्नुपर्ने एक सिन थियो । सोही सिन गर्ने क्रममा दुर्घटना भएको हो । सोही दुर्घटनामा स्टन्टम्यान राजुको मृत्यु भएको हो ।
कलाकार विशालले राजुको निधनमा शोक जनाएका छन् ।
भारतीय मिडियाहरूका अनुसार साउथ सिनेमा जगतमा राजु खतरनाक स्टन्टका लागि चर्चित थिए । उनको स्टन्टले धेरैलाई आकर्षित पनि गर्ने गर्दथ्यो ।
तर, सुटिङकै क्रममा भएको दुर्घटनामा परी उनको मृत्यु भयो । दुर्घटनालगत्तै उनलाई अस्पताल पुर्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।