काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले राज्यको हरेक तह र निकायमा महिलालाई ५१ प्रतिशत सहभागिताको माग गरेको छ ।
मोर्चाका अध्यक्ष कुमारी बबिताले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गर्दै राज्यको हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत सहभागिता हुनुपर्ने माग गरेकी छन् । त्यसका लागि महिला मोर्चाले संघर्षका बिभिन्न कार्यक्रम अगाडि बढाउनका लागि प्रदेशहरूमा कमाण्डर समेत तोकिएको छ ।
कोशी प्रदेशमा गायत्री राई इन्चार्ज र ममता चौधरीलाई अध्यक्ष, मधेश प्रदेशमा रेहाना खातुन इन्चार्ज र किरण यादव अध्यक्ष, उपत्यका विशेष प्रदेशमा रञ्जु साह इन्चार्ज र मिनादेवी साह अध्यक्ष, बागमती प्रदेशमा देवकुमारी साह इन्चार्ज र अनिता थापालाई अध्यक्षको जिम्मेवारी दिइएको महिला मोर्चाका केन्द्रीय अध्यक्ष बबिताले जनाएकी छन् ।
यसैगरी गण्डकी प्रदेशमा सीता सुवेदी इन्चार्ज र ज्योति शेर्पा अध्यक्ष, लुम्बिनी प्रदेशमा विद्या शर्मा इन्चार्ज र विमला विक अध्यक्ष, कर्णाली प्रदेशमा सिमा जयसवाल इन्चार्ज र हरिकला देवकोटा अध्यक्ष, सुदूरपश्चिम प्रदेशमा फुलबदनदेवी पटेल इन्चार्ज र आशा सञ्जेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
महिला मोर्चाको बैठकले राज्यको हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत सहभागिता, कमिटी विस्तार, पुनर्गठन सहित महिलाको हकअधिकार एवं महिलामाथि हुने विभेदका विरुद्धमा संघर्षका बिभिन्न कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरेको छ ।